सर्लाही समाचारदाता
मलंगवा, माघ २६ । अख्तियार दुरु पयोग अनुसन्धान आयोगको टोलीले आइतबार बिहानैबाट सर्लाहीको हरिपुर्वा सं्रोत केन्द्र अन्तर्गतका विद्यालयहरु सँग बयान लिईरहेको छ ।
जिल्ला शिक्षा कार्यालयबाट अनुमती लिएर सञ्चालनमा नरहेका अर्थात ‘झोले’ उपनामले परिचित विद्यालयहरुको बयान लिने क्रम तिव्र गतिमा भैरहेको हो ।
आइतबार हरिपुर्वा स्रोत केन्द्र अन्तर्गतका १७ र गौडैैता स्रोत केन्द्र अन्तर्गतका चार छुटेका विद्यालयसँग पनि बयान लिने काम भैरहेको छ । सर्लाहीको मदनपुर, गोडैता, मलंगवा, गडहिया डुमरिया, बरहथवा र भत्तिपुर स्रोत केन्द्र अन्तर्गतका विद्यालयसँग बयान सकिएको छ ।
शनिबार जिल्ला विकास समितिको कार्यालयमा सरसफाई सम्मेलन सञ्चालनका भएका कारण स्थगित भएको बयान लिने काम आइतबार बिहानैबाट शुरु भएको जिल्ला शिक्षा अधिकारी राज कुमार विश्वकर्माले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयबाट अनुमती लिएर फर्जी कागजात बनाई सञ्चालनमा नहरेका सर्लाहीका झोले विद्यालयका प्रतिनिधीसँग एक साता अघिबाट बयान लिने काम भैरहेको हो ।
मलंगवामा पालै पालो प्रत्येक स्रोत केन्द्रका झोले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई बोलाएर बयान लिईएको छ । आयोगका सह सचिव रामकृष्ण सुवेदीको एक टोलीले स्थलगत अनुगमन पछि झोले विद्यालयहरुसँग बयान लिईरहेको हो । टोली माघ २८ गतेसम्म बसेर ११ स्रोत केन्द्र अन्तर्गतका झोले विद्यालयसँग बयान लिने जनाएको छ । सर्लाहीका २०६५ र २०६७ सालमा जिल्ला शिक्षा कार्यालयबाट अनुमती लिएका तीनसय १५ मध्ये एकसय ७५ विद्यालय सञ्चालनमा नरहेको पाईएको छ ।
No comments:
Post a Comment