Saturday, February 8, 2014

लालबन्दीमा नयाँ ‘इन्स्पेक्टर’ आए

लालबन्दीमा नयाँ ‘इन्स्पेक्टर’ आए
सर्लाही समाचारदाता
हरिपुर, माघ २४ । इलाका प्रहरी कार्यालय लालबन्दीमा नयाँ प्रमुखको रुपमा प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीले कार्यभार सम्हालेका छन् ।
शुक्रबारबाट प्रहरी निरीक्षक सोतीले कार्यभार सम्हालेको प्रहरीले जनाएको छ । उनी विहिबार साँझ लालबन्दी आएका हुन् । इलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालिन प्रमुख लक्ष्मणबहादुर थापा मगरलाई शुक्रबार विहान विदाई समेत गरिएको थियो ।
गत माघ १० गते प्रहरी प्रधान कार्यालयले गरेको निर्णय अनुसार सोती महानगरीय प्रहरी पहरा गण त्रिपुरेश्वरबाट सरुवा भई लालबन्दी आएका हुन् भने थापा मगर सोतीको स्थानमा सरुवा भई गएका छन् । लालबन्दीमा नयाँ प्रमुखको रुपमा आएका सोती केही कडा स्वभावका रहेको बताईएको छ ।

No comments:

Post a Comment