आगालागीबाट लाखौँको धनमाल नष्ट
सर्लाही समाचारदाता
नवलपुर, माघ २४ । जिल्लाका नेत्रगंज र लक्ष्मीपुर सुकचैना गाविसमा विहिवार राती भएको आगलागीबाट करिव सातलाख रुपैयाँ बरबरको धनमाल जलेर नष्ट भएको छ ।
नेत्रगंज–१ का गौरीशंकर पासवानको कुखुरा फर्ममा आगलागी हुँदा ६ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगालीमा परि ३ सय ठुला कुखुरा, ६ सय ६४ चल्ला र १९ बोेरा दाना जलेर नष्ट भएको पिडित पासवानको भनाई छ ।
नेत्रगंजको पाँचकुमारमा अवस्थित नेपाली सेनाको रिपुमर्दण गणका शुरक्षकर्मी र स्थानीयको सहयोगमा एक घण्टा पछि आगो नियन्त्रणमा लिईएको थियो ।
त्यस्तैगरीे लक्ष्मीपुर सुकचैना ८ मा आगलागी हुँदा एक लाख ५० हजार बराबरको क्षति भएको छ । स्थानीय रामबालक राउतको फुसको गोठमा आगालागी हुँदा काठपात र केहि पशु चौपाय जलेर मरेका बताइएको छ । आगालागीमा परि गोठमा रहेको दुईवटा गाई, चारवटा बाख्रा जलेर मरेको छ भने एउटा गाई घाईते भएको छ । आगालागीको कारण खुल्न नसकेपनि आगालागी आधा घण्टा पछि प्रहरी चौकी सुकचैना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो । घुर तापेर निभाउन बिर्सदा आगालागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment