Saturday, February 8, 2014

औषधी र ऐना बरामद

औषधी र ऐना बरामद
सर्लाही समाचारदाता
मलंगवा, माघ २४ ।  भारतबाट भन्सार छलेर ल्याउँदै गरेको औषधी र ऐना सशस्त्र प्रहरीले शुक्रवार मलंगवा नाकाबाट बरामद गरेको छ ।
स–शस्त्र वल सिमा सुरक्षा कार्यालयका हवल्दार सत्यदेव सिंहको नेतृत्वमा खटिएको गस्तीटोलीले सो सामान बरामद गरेको हो । बरामत गरिएको सामाग्री १७ हजार बरावरको मूल्याङ्कन गरी जिल्ला भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ । सामान ल्याउँने व्यक्ति भने प्रहरीलाई देख्नासाथ फरार भएका थिए ।
भारतसँग सीमा जोडिएको जिल्लाका दक्षिणी क्षेत्रका नाकाहरुबाट दैनिक भन्सार छलेर मालसामान ल्याउने क्रम बढ्दै गएको छ भने तस्करी नियन्त्रण गर्ने भंसार अधिकारी यसअघि कुटिएका थिए ।

No comments:

Post a Comment