Saturday, February 8, 2014

सहकारीको उद्घाटन

सहकारीको उद्घाटन
सर्लाही समाचारदाता
लालबन्दी, माघ २४ ।  महिलाद्धारा लालबन्दी–५ मा संचालनगर्न लागिएको कृषि सहकारी संस्थाको उद्घाटन गरिएको छ ।
यूएनडिपी एलआरपीको सहयोगमा शान्तिको लागी जिविकोपार्जन कार्यक्रम अन्तर्गत  महिलाहरुलाई समेटेर दर्ता गरिएको दिदीबहिनी जिविकोपार्जन कृषि सहकारी संस्थाको उद्घाटन गरिएको हो ।
संस्थाकी अध्यक्ष बिमला सुस्लिङ्को अध्यक्षता तथा लालबन्दी गाविसका प्राविधिक सहायक सरोजजंग राणाको प्रमुख आथित्य रहेको कार्यक्रममा सहभागी वक्ताहरुले सहकारी दर्ता गरेर मात्र नभई सदस्य दिदीबहिनीहरुले ईमान्दारिता र मुल्य मान्यता अनुरुप अगाडि बढनुपर्ने जोड दिएका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायव निरीक्षक गुप्तप्रसाद श्रेष्ठ, प्राथमिक विद्यालय लालबन्दीका प्रध्यानाध्यापक पुष्पलता पौडैल, नेपाल जन कल्याण समाजकी कार्यक्रम संयोजक सरिता कट्वाल, एकिकृत माओवादीका नेता कमल पाख्रिन लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रमको अवसरमा संस्थालाई यूएनडिपी एलआरपीले आयआर्जनतर्फ दुई लाख ३४ हजार र भौतिक पुर्वधार तर्फ ६ लाख १६ हजार उपलब्ध गराएको थियो ।

No comments:

Post a Comment