Wednesday, January 1, 2014

बाली उपचार शिविर सञ्चालन

बाली उपचार शिविर सञ्चालन
सर्लाही समाचारदाता
पत्थरकोट, पुस १७ । पत्थरकोट गाविस–६ मा बुधवार  बाली उपचार सम्बन्धि एकदिने निशुल्क शिविर सञ्चालन भएको छ ।
शिविरमा ७० जना स्थानिय कृषकहरु लाभान्वित भएका छन् । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको शिविरमा किसानहरुलाई बालिनालीमा रोग किराको नियन्त्रण, विषादीको प्रयोग कसरी गर्ने भन्ने लगायतको बारेमा सिकाईएको छ ।
साथै किसानहरुलाई रोग किरा नियन्त्रण गर्ने विषादी समेत वितरण गरिएको कार्यालयका कृषि प्रसार अधिकृत देवानन्द यादवले जानकारी दिए । शिविरमा तरकारीबालिहरु गोलभेडा, आलु , फलफुलमा र आँपमा रोग किरा नियन्त्रणको बारेमा सिकाईएको यादवले जानकारी दिए ।

No comments:

Post a Comment