Wednesday, January 1, 2014

दुध तथा मासुको उत्पादन वृद्धिमा जोड

दुध तथा मासुको उत्पादन वृद्धिमा जोड
सर्लाही समाचारदाता
लालबन्दी, पुस १७ । दुध तथा मासुको उत्पादन वृद्धिका लागि पोषिलो घास र नस्ल सुधारमा जोड दिनुपर्ने बुधबार अयोजित एक कार्यक्रममा उल्लेख गरिएको छ ।
चरण तथा घासे बाली विउ वृद्धि फर्म रंजितपुर(जब्दी)ले आयोजना गरेको ‘घास उत्पादक कृषकहरुका लागि एक दिने गोष्ठी’को अवसरमा कार्यक्रमका प्रमुख अतिथी जिल्ला पशु विकास कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत कामदेव झा, पशुचरण तथा आहार विकास फर्म रंजितपुरका वरिष्ठ पशु विकास अधिकृत मो.जाहिर अन्सारी लगायतले यस्तो जोड दिएका हुन ।
जिल्लाका जब्दी, रानीगंज, लालबन्दी, भक्तिपुर, कर्मैया, हरिपुर, हरिपुर्वाका लगायत आधा दर्जन गाविसका २५  किसानको सहभागिता रहेको गोष्ठीमा बोल्दै अगुवा किसानहरु गोविन्द प्रसाद रिमाल, मान बहादुर खड्का लगायतले किसानहरु व्यवसायीक हुनुपर्नेमा जोड दिए । किसान व्यवसायिक भएनन् भने वर्षेनी जग्गा बेचेर खेती गर्नुपर्ने अवस्था आउन सक्ने जनाउदै कृषिमा यान्त्रिकीकरणको आवश्यकता रहेको समेत धारणा राखे ।

No comments:

Post a Comment