हत्याको आरोपमा दुईजना पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, माघ ०२ । दुईमहिना अगाडी वृद्धाको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले दुईजनालाई पक्राउ गरेको छ ।
गम्हरिया गाविस–५ का ३५ वर्षिय फेकन अन्सारी र ३८ वर्षिय इजरायल अन्सारी विहिबार पक्राउ परेका हुन् । गत कात्तिक २० गते विहान ५ बजे सौच गर्न जाँदा स्थानीय ५० वर्षिया नाजमुन खातुनलाई गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए ।
पक्राउ परेका दुईजनालाई नै विहिबार नै जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा तीनदिन म्याद लिएर अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घटना लगतै उनीहरु फरार रहेका थिए ।
पक्राउ परेका अभियुक्त फेकनकी बहिनी क्षयरोगका कारण मृत्यु हुँदा नाजमुनले बोक्सी लगाई मारेको भनि उनीमाथि ६ महिनाअघि कुटपीट भएको थियो । नजमुनलाई बोक्सीको आरोपमा हत्या भएको हुन सक्ने स्थानीयको भनाई अनुसार प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो ।
घटना लगतै फरार भएका कारण पक्राउ परेका दुवैजनामाथि प्रहरीले गम्भिर ढंगले अनुसन्धान सुरु गरेको थियो । मोबाईल कलरेकर्ड लगायत अनुसन्धानबाट नजमुन हत्यामा पक्राउ परेका दुवैजनाको संलग्नता रहेको प्रहरी ठम्याई छ । मृतक र आरोपी दुवैजना आफन्त समेत रहेको प्रहरीले जनायो ।
No comments:
Post a Comment