Wednesday, January 1, 2014

तीनसयको आँखा शल्यक्रिया गरियो

तीनसयको आँखा शल्यक्रिया गरियो
सर्लाही समाचारदाता
मलंगवा, पुस १७ । एकसातोदखि चलेको निःशुल्क नेत्र परिक्षण एवं उपचार शिविरमा तीनसय आठजनाको  आँखा शल्यक्रिया गर्दै सम्पन्न भएको छ ।
पुस १० गतेदेखि सदरमुकाम मलंगवा र हरिपूर्वा क्षेत्रमा गरिएको शिविरमा मोतियाविन्दु देखा परेका विरामीको आँखा चार दिन लगाएर शल्यक्रिया गरिएको हो । तिलगंगा आँखा अस्पताल काठमाण्डौका वरिष्ठ चिकित्सक एवं स्वास्थ्यकर्मीले शिविरमा सेवा पु¥याएका मलंगवाका सुवाष कर्णले जानकारी दिए ।
सर्लाही समाजसेवी कल्याणकारी समाजको आयोजनामा भएको शिविरमा सर्लाही लगायत आसपासका जिल्ला र भारतबाट समेत एकहजार भन्दा बढीले आँखा परिक्षण गराएको बताईएको छ । शिविरलाई स्थानीय पूर्व शिक्षक राजेन्द्रप्रसाद कर्णका छोरा÷बुहारी डा. कौशलेन्द्र कर्ण र डा. बन्दना कर्णले आर्थिक सहयोग प्रदान गरेका संस्थाका अध्यक्ष रामबहादुर अमात्यले बताए ।

No comments:

Post a Comment