हरिपूर्वाका चौपायामा खोरेतको माहामारी
सर्लाही समाचारदाता
हरिपुर्वा, पुस १७ । जिल्लाको हरिपुर्वा र आसपासका गाविसहरुमा पशु चौपायहरुमा खोरेत रोगको महामारी फैलिएको छ ।
त्यस क्षेत्रमा विगत एकसाता देखि खोरेते रोगको महामारी फैलिएको हो । रोग प्रभावित क्षेत्रमा केहि पशुचौपाय मरिसकेका र हजारौ बिरामी परेका स्थानीय मनोज साहले जानकारी दिए । खोरेत रोग एक –अर्को पशु चौपायमा फैलन थालेपछि स्थानीय पशुपालक किसानहरु निकै चिन्तित भएका छन् ।
पशुहरुमा ¥याल काट्ने, मुख र खुट्टामा घाउ हुने लगायतको लक्षण देखा परेको छ । सो सरुवा रोगले सम्पुर्ण पशु चौपाय बिरामी परेका स्थानीयले बताएका छन् । गाँउभरी पशुमा माहामारी फैलिएपनि पशु सेवा कार्यालयबाट कुनै वास्ता नगरेको स्थानीय पशुपालक किसानहरुले बताए ।
यता जिल्ला पशु सेवा कार्यालय सर्लाहीका प्रमुख कामदेव झाले सो महामारीको बारेमा आफुहरुलाई जानकारी नआएको र स्थानीयलाई हरिपुर्वामा नै रहेको पशु सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छन् । उनले सेवा केन्द्रबाट समेत उपचार गर्दा रोग नियन्त्रण नभए तत्काल जिल्लाबाट पशु स्वास्थ्य कार्यक्रम पठाउने प्रतिवद्धता जनाए । –मुकेश झा
No comments:
Post a Comment