Wednesday, January 15, 2014

पशु सेवामा केन्द्रीय टोलीको अनुगमन

पशु सेवामा केन्द्रीय टोलीको अनुगमन
सर्लाही समाचारदाता
मलंगवा, पुस २९ । जिल्ला पशु सेवा कार्यालय मलंगवाको सहयोगमा सर्लाहीमा सञ्चालन भईरहेका विभिन्न कार्यक्रमहरुको अनुगमनका लागि केन्द्रीय टोली सर्लाही आएको छ ।
पशु सेवा विभागका उपमहानिर्देशक उदयचन्द्र ठाकुरको नेतृत्वमा १३ सदस्यीय टोली अनुगमनका लागि आएको हो । टोलीले सोमबार विहानैदेखि दिनभर जिल्लाका विभिन्न स्थानमा सरकारी सहयोगमा सञ्चालन भईरहेका पशु सेवा सम्बन्धि कामहरुको अनुगमन गरेको छ ।
टोलीमा विभाग अन्तर्गत पशु स्वास्थय निर्देशनालय, पशु सेवा तालिम तथा प्रसार निर्देशनालय, पशु उत्पादन निर्देशनालय र पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालयका कर्मचारीहरु रहेका छन् । सिन्धुली र सर्लाहीको अनुगमनमा खटिएको टोली सिन्धुली सकेर आईतबार साँझ सर्लाही आईपुगेको थियो । टोलीले सोमबार विहानबाट सर्लाहीमा अनुगमन सुरु गरेको हो । मंगलबार मध्यान्हसम्म सरकारी सहयोगबाट जिल्लामा सञ्चालित  पशु सेवा कार्यक्रमहरुको टोलीले अनुगमन गर्ने बताईएको छ ।
टोलीले सरकारी सहयोगमा सञ्चालित कार्यक्रमहरुको अनुगमन एवं पशुपालन व्यवसाय गरिरहे पनि सरकारी सेवा नपाएका स्थानहरुको स्थलगत अध्ययन अनुगमन गर्ने काम गरिरहेको जिल्ला पशु सेवा कार्यालय मलंगवाका पशु विकास अधिकृत श्याम तिवारीले बताए । ‘‘टोलीले सरकारी सहयोगमा सञ्चालन भईरहेका पशु सेवा सम्बन्धि कामहरुको अनुगमन तथा सरकारी सहयोग नपाएका पशुपालन लगायत व्यवसायहरुको स्थलगत अध्ययन गरेर सहयोगको वातावरण तयार पार्ने काम गर्नेछ ।’’ उनले भने–‘‘देखिएका समस्याहरुलाई सम्बोधन गर्नका लागि पनि टोलीको स्थलगत अध्ययन एवं अनुगमनबाट आएको प्रतिवेदन त्यस क्षेत्रका लागि कोशेढुंगा सावित हुनेछ ।’’

No comments:

Post a Comment