Wednesday, January 15, 2014

नया“ डिएफओ आए

नया“ डिएफओ आए
सर्लाही समाचारदाता
नवलपुर, पुस २९ । जिल्ला वन कार्यालयमा नयाँ प्रमुखको रुपमा केदारनाथ दाहाल आएका छन् ।
दाहालले गत मंगलबारदेखि कार्यालयमा हाँजीर भएर कार्यभार सम्हालेको वन कार्यालय स्रोतले बतायो । उनी वन विभागबाट काजमा सर्लाही जिल्ला वन अधिकृतको रुपमा आएका हुन् । आगामी फागुनमा हुने सरुवामा उनको दरबन्दी सर्लाही कायम हुने समेत एक वन कर्मचारीले बताए ।
तत्कालिन जिल्ला वन अधिकृत रामपृत मौर्यले गत पुस १५ गते अवकास पाएपछि नयाँ प्रमुखको रुपमा दाहाल आएका हुन् । यस सर्लाही दैनिकको सोमबार प्रकाशित अंकको प्रथम पृष्ठमै प्राविधिक त्रुटीबस् ‘वन कार्यालय प्रमुख विहिन’ भन्ने शिर्षकको समाचार छापिन गएको थियो । यसबाट सम्बन्धित पक्ष एवं सरोकारवाला लगायतमा पर्न गएको असुविधा प्रति यस सर्लाही दैनिक परिवार क्षमाप्रार्थी व्यक्त गर्दछ ।

No comments:

Post a Comment