Friday, January 17, 2014

रेडबुल फुटवल प्रतियोगिता शुरु

रेडबुल फुटवल प्रतियोगिता शुरु
सर्लाही समाचारदाता
बयलवास, माघ ३ । ईश्वरपुर–२ वयलवासमा रहेको नारायण उमावीको खेल मैदानमा शुक्रवार देखी रेडवुल जिल्ला स्तरिय लिग फुटवल प्रतियोगिता शुरु भएको छ ।
माघ १२ गते सम्पन्न हुने प्रतियोगितामा जिल्लाका १३ वटा फुटवल टिमले सहभागिता जनाएका प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।  प्रतियोगिता उद्घाटनको दिन शुक्रवार भएको खेलमा सागरनाथको नव जागरण युवा क्लवलाई १ का विरुद्ध २ गोल गरेर आयोजक फुलजोर युवा क्लव बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा जब्दीको दोभान क्लव र हरिवनको हरिवन युवा क्लव बीच बरावरीमा सकिएको आयोजकले जनाएको छ । प्रतियोगितको उद्घाटन पुराना खेलाडी एवं आयोजक क्लवका पूर्व अध्यक्ष जीतबहादुर मगरले गरेका थिए ।

No comments:

Post a Comment