दुर्घटनामा घाईते युवाको मृत्यु
सर्लाही समाचारदाता
कर्मैया, माघ ०३ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्र्मैया ६ मा केहि दिनअघि माईक्रो बसको ठक्करबाट गम्भिर घाईते भएका युवकको शुक्रवार उपचारका क्रममा ज्यान गएको छ ।
पुस ३० गते सडक पार गर्ने क्रममा माईक्रोको ठक्करबाट कर्मैया ६ बस्ने मुरली रायमाझीका छोरा १९ वर्षिय मन्दिप रायमाझी गम्भिर घाईते भएको थिए । घाईते युवकको उपचारका क्रममा काठमाण्डौमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण वलीले जानकारी दिए ।
रायमाझीलाई कर्मैयाबाट लालबन्दी तर्फ आउँदै गरेको ज १ ज १७७ नम्वरको माईक्रोले ठक्कर दिएको थियो । ठक्कर दिने सवारी र चालकलाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको छ ।
No comments:
Post a Comment