हिंसा कारवाहीका लागि दवाव समूह
हरिवन, पुस २३ । हिंसा पिडीतलाई क्षतिपूर्ती सहितको अधिकार दिलाउनका लागि मंगलबार दवाव समूह गठन भएको छ ।
शुसिला कार्कीको नेतृत्वमा १९ सदस्यीय दवाव समूह गठन भएको हो । समूहका अध्यक्ष शुसिला कार्कीका अनुसार पीडितलाई उचित अधिकार (अंश) दिलाई स्वतन्त्र पूर्वक बाच्न पाउने अधिकारका लागि महत्वपूर्ण निर्णय गरिने छ ।
पति र सासुको कुटपिटबाट घाईते सुधा लुइटेल हरिवन स्थित नमूना अस्पतालमा उपचाररत छिन् भने उनका ९ वर्षिया र ६ वर्षिया छोरी छिमेकी आफन्त र २ वर्षिया छोरी मावली पक्षको संरक्षणमा छिन् ।
यता पिडीतका श्रीमान दिपक र सासु ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा छन्. । हरिवन प्रहरी प्रमुख शंकर सिंह रावलका अनुसार घटनाको किटानी जाहेरी कतैबाट नपरेकोले अभियुक्तलाई कारवाही गर्न समस्या भएको उल्लेख गर्दै बुधबारसम्मको समय आफुले पाएकोले पिडक बताइएकोलाई सुरक्षा घेरामा राखिएको बताए । रावलले भने –‘‘किटानी जाहेरीको अभावमा नियन्त्रणमा लिइएको तर कुनै पनि कारवाही अगाडी बढाउन पाइएको छैन ।’’ अभियुक्तलाई कारवाही भन्दा पनि सुरक्षाको लागि नियन्त्रणमा लिइएको र संभवत बुधबार दुवैपक्ष विच सहमति हुने प्रहरीले जनाएको छ ।
घटनालाई फैलाउनु भन्दा मिलाएर लैजानुपर्ने पिडीत महिलाका ससुराले राखेको अभिव्यक्तिमा माइती पक्षले समेत सहयोग गरेकाले महिलामाथि हुने हिसांको अन्त्य सहितको मिलापत्र कार्यमा समाजले जोड दिएको हरिवनका पूर्व गाविस अध्यक्ष डिल्ली प्रसाद उप्रेतीले बताए ।
No comments:
Post a Comment