सर्लाही समाचारदाता
रानीगंज, पुस २४ । नेकपा एमाले सर्लाहीले राष्ट्रिय अध्यक्ष झलनाथ खनालको पराजयमा विशेष गरि आन्तरिक कमजोरी प्रमुख कारण रहेको निश्कर्ष निकालेको छ । तीनदिनसम्म चलेको क्षेत्रीय समिक्षा बैठकले अध्यक्ष खनालको पराजयमा प्रमुख तिनवटा कारणहरु पत्ता लगाएको छ । रानीगंज गाउँ कमिटिको कार्यालयमा जारी बैठकले त्यस्तो निश्कर्ष निकालेको हो । बैठकले प्रमुख रुपमा आÇनै पार्टीका अन्तरघातीहरुले गर्दा राष्ट्रिय अध्यक्ष खनालले थोरै मतले हार्नु परेको निश्कर्ष निकालेको छ । संविधान सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा उम्मेद्वारी दिएका एमाले अध्यक्ष खनाल एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठसँग १ हजार ७८ मतले पराजीत भएका थिए ।
शनिबारदेखि तीनदिन सम्म भएको क्षेत्र नं. १ को समिक्षा बैठकले राष्ट्रिय अध्यक्ष खनालको पराजयमा तीनवटा कारणहरु पत्ता लगाएको हो । बैठकले आन्तरिक व्यवस्थपनमा भएको कमजोरी, विपक्षीहरुको मोर्चाबन्दी र विपक्षीहरुको रकम चलखेलबाट मतदाता प्रभाव लगायत कारणले गर्दा राष्ट्रिय अध्यक्ष खनालले हार्नु परेको निश्कर्ष निकालेको छ ।
बैठकमा अध्यक्ष खनाललाई चुनावताका सघाउन आएका पार्टी केन्द्रीय सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य श्री प्रसाद साह सहित अञ्चल सचिव लक्ष्मण पौडेल, जिल्ला अध्यक्ष मनोज देवकोटा, पूर्व जिल्ला संयोजक रेवती पन्तका साथै क्षेत्र नं. १ अन्तर्गतका जिल्ला कमिटीका पदाधिकारी एवं सदस्य तथा क्षेत्रीय पदाधिकारीहरु समेत सहभागि थिए ।
अध्यक्ष खनालको हारबारे बैठकमा उपस्थित नेता कार्यकर्ताहरुबीच एक–अर्कामा आरोपप्रत्यारोप समेत चलेको थियो । ओली पक्षधर र नेपाल पक्षधरहरुले उचित सहयोग नगरेको भन्दै केही कार्यकर्ताहरुले बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए ।
चुनाव प्रचारप्रसारका क्रममा आफू एकसाता भन्दा बढी बस्ने क्रममा एमालेको लहर चलेपनि निर्वाचनमा हार व्यहोर्नुपरेपछि अध्यक्ष खनाल सर्लाही एमाले नेतृत्व लगायत क्षेत्र नं. १ का नेता कार्यकर्ताहरुसँग रुष्ट बनेका थिए । उनले आफू हार्नुका कारणहरु पत्ता लगाउँदै पार्टी भित्रकै कार्यकर्ताहरुबाट अन्तरघात भएको पुष्टी भए कडा कार्वाही गर्ने उल्लेख गर्दै बैठक बसेर निचोड निकाल्न जिल्ला कमिटीलाई निर्देशन समेत दिएका थिए ।
एमाले जिल्ला अध्यक्ष मनोज देवकोटाले बैठकमा अध्यक्ष खनाल हार्नुका कारणहरुमा मुख्य गरी तीनवटा बुँदा तय गरिएको बताए । देवकोटाले क्षेत्र नं. ३ मा कार्यकर्ताको संयोजनका कारण र मतदाताको ऐक्यवद्धताका कारण पार्टीका उम्मेद्वार हरि उप्रेतीले विजय हाँसिल गरेको बैठकले निश्कर्ष निकालेको बताए ।
त्यस्तै क्षेत्र नं. २ मा पार्टी उम्मेद्वार पराजीत हुनुका कारणहरुबारे आवश्यक प्रतिवेदन पेश गर्नका लागि जिल्ला सचिव डिल्ली उप्रेतीको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको र क्षेत्र नं. ४ मा विपक्षी उम्मेद्वारहरुको आर्थिक चलखेल एवं जातिय समिकरणका कारण आÇना उम्मेद्वार राजनारायण साहले हार्नु परेको बताए । क्षेत्र नं. ५ र ६ मा भने पार्टीको संगठन कमजोर भएका कारण पार्टीका उम्मेद्वारले हार व्यहोर्नु परेको अध्यक्ष देवकोटाले बताए ।
No comments:
Post a Comment