Tuesday, January 14, 2014

क्याम्पसमा निवन्ध प्रतियोगिता

क्याम्पसमा निवन्ध प्रतियोगिता
सर्लाही समाचारदाता
हरिवन, पुस २७ । महामानव विपि कोइरालाको एकसयौँ जन्म जयन्तीको अवसरमा शनिबार हरिवनको सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा निवन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न उमाविका विद्यार्थीहरुको सहभागितामा आजको सन्र्दभमा विपी विषयक निवन्ध प्रतियोगिता भएको हो । प्रतियोगितमा हरिवनमा रहेको सनराईज उमाविका छात्रा सिर्जना काÇले प्रथम, हरिवनकै चतुर्भूजेश्वर जनता उमाविका छात्रा अम्रिता उपे्रती द्वितिय, मनकामना उमावि हरिवनका छात्र नविन पाख्रिन तृत्तिय र एभरेष्ट उमावीका छात्र संगम थपलिया चौथो भएका छन् ।
विपी चिन्तन प्रतिष्ठान सर्लाहीको आयोजनमा भएको प्रतियोगितका बिजेताहरुलाई शैक्षिक सामाग्री र विपिका विभिन्न कथा, कविता, उपन्यास लगायत समाग्री प्रदान गरिएको छ । प्रतिष्ठानका जिल्ला सभापती ब्रम्ह नारायण चौधरीको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रिय सदस्य बासुशरण कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको बताईएको छ ।
देशको ७५ ओटै जिल्लामा शनिबार एकसाथ निवन्ध प्रतियोगिता भएको र प्रतियोगितमा पहिलो र दोस्रो हुने निबन्धलाई देशै भरमा १ सय ५० ओटा निवन्धसँग प्रतिस्पर्धा गराई पहिलो हुनेलाई ४० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र चौथो हुनेलाई १० हजार नगद प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

No comments:

Post a Comment