Tuesday, January 14, 2014

राप्रपा नेपालले मनायो पृथ्वी जयन्ती

राप्रपा नेपालले मनायो पृथ्वी जयन्ती
सर्लाही समाचारदाता
मलंगवा, पुस २७ । दुईसय ९२औं पृथ्वी जयन्ती एवं एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सर्लाहीले पनि विविध कार्यक्रम गरेको छ ।
राप्रपा नेपाल जिल्ला कार्यसमितिले सदरमुकाम मलंगवामा स्व. पृथ्वीनारायण शाहको विविध चर्चा गरेर राष्ट्रिय एकता दिवस मनाएको हो ।
त्यस्तै ईश्वरपुरको महेन्द्र बजारमा पृथ्वीका नारायण शाहको चर्चा गरी दिवस मनाईएकोे राप्रपा नेपालले जनाएको छ ।
लोकतन्त्रको स्थापना पछि पृथ्वी जयन्तीलाई सरकारी तबरबाट मनाउन छाडिएपनि गैर सरकारी क्षेत्रबाट देशभर बिभिन्न कार्यक्रम गरी उनको सम्झना गरिँदै आईएको छ । नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भूमिकाका सम्बन्धमा देशभर विभिन्न कार्यक्रमहरु भएका हुन् ।
गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले जीवनकाल पूरै एकीकरणमा लगाएका थिए । उनले ५० भन्दा बढी राज्यमा विभाजित बाईसे–चौबिसे मुलुकलाई एकीकरण गरी सिंगो नेपाल चार वर्ण छत्तिस जातको फूलबारी घोषणा गरेका थिए ।
पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाईदै आएकोमा २०६३ पछि गठित सरकारले हटाउने निर्णय गरेको थियो ।
पृथ्वीनारायण शाहले निर्माण गरेको राष्ट्रिय अखण्डता, स्वाधिनता, आपसी एकता जस्ता विषय अहिले पनि उत्तीकै मनन योग्य रहेको जानकारहरु बताउँछन् ।
पृथ्वीनारायण शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो भने निधन विसं १८३१ माघेसङ्क्रान्तिमा नुवाकोट देवीघाटमा भएको थियो ।

No comments:

Post a Comment