टिकाको शुभ साईत १०ः३५ मा
सर्लाही समाचारदाता
मलंगवा, २५ असोज । यस वर्षको विजयादशमीको टीकाको शुभ साइत आगामी सोमबार बिहान १० बजेर ३५ मिनेटमा रहेको छ ।
विजया दशमीको दिन बिहान ९ बजेर ४५ मिनेटमा देवी विसर्जन गर्ने साइत जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । विजया दशमीको टीकाको साइत १० बजेर ३५ मिनेटमा भए पनि उक्त दिन दिनभरि नै टीका प्रसाद लगाउन हुने नेपाल पञ्चांगा निर्णायक समितिका सचिव ज्योतिष सूर्यप्रसाद ढुंगेलले जनाएका छन् । टीकाका दिन मध्यान्ह १२ बजेर २७ मिनेटमा तुलजाभवानीको यात्राको शुभ साइत रहेको समितिले जनाएको छ । थिराशनका शुभ साइत भने १ बजेर ५९ मिनेटमा जुरेको समितिले जनायो ।
यसैबीच शुक्रबार मुलुकभर परम्पराअनुसार पूmलपाती भित्र्याईएको छ ।
विहान ९ बजेर ३१ मिनेटमा पूलपाती भित्र्याउने साइत रहेको थियो । उक्त साइतमा बडा दशै मान्ने प्रत्येक नेपालीले घरघरमा फूलपाती भित्र्याएका छन् ।
सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । फूलपातीका रूपमा साँझपख ती वस्तु घटस्थापनाको दिन स्थापना गरिएको दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा राखिन्छ । आजकै दिन दसैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्र्याउने चलन छ ।
फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छजना र त्यहाँबाट काठमाडौँको जमलसम्म छजना ब्राम्हणले ल्याउने चलन छ । फूलपाती भित्र्याउन हर्षबढाइँका साथ गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गरेको थियो ।
घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भएपनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । बडा दसैंको दोस्रो दिन फूलपातीदेखि पूर्णमिासम्म सरकारी कार्यालय बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरू मूलघरमा दुर्गा भवानीको टीका थाप्न जाने क्रम शुक्रबारदेखि सुरु भएका छ । गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिंगे र रोटेपिङ निर्माण गर्ने गरिन्छ । शनिबार महाअष्टमी र आइतबार महानवमीको तिथीमा भने घर–घरममा खसी काट्ने तथा दुर्गा देवीलाई बोकाको बली चढाइने गरिन्छ ।
No comments:
Post a Comment