सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक १२ । सामुदायिक सञ्चार एकता सहकारी संस्था लिमटेडद्वारा सञ्चालित सामुदायिक रेडियो एकता ९२.४ मेगाहर्ज लालबन्दी मंगलबारबाट चौँथो वर्षमा प्रवेश गरेको छ ।
समाजमा शान्ति, सदभाव र एकता कायम गर्ने उदेश्यका साथ २०६७ कात्तिक १२ गतेदेखि रेडियोको प्रसारण शुरु भएको रेडियोका अध्यक्ष बेनीबहादुर कार्कीले बताए । रेडियोका स्टेशन म्यानेजर कृष्ण थपलियाका अनुसार केही समयअघि ५ सय वाट क्षमतामा विस्तार गरिएको रेडियोबाट हाल १९ घण्टा नियमित प्रशारण भईरहेको छ
No comments:
Post a Comment