बस पल्टिँदा ८ घाईते
सर्लाही समाचारदाता
भक्तिपुर, असोज २५ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जंगल क्षेत्रमा शुक्रबार विहान यात्रुबाहक बस पल्टिँदा त्यसमा यात्रारत आठजना घाईते भएका छन् ।
जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना. ३ ख ६९६७ नम्बरको यात्रुबाहक बस विहान पौने ६ बजे अनियन्त्रित भई एक्कासी पल्टिँदा त्यसमा यात्रारत ८ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।
प्रहरीका अनुसार घाईते मध्ये सातजना लालबन्दी स्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात घर फर्किसकेका छन् । बारा अमदार गाविस–८ निवासी १८ वर्षिय महेन्द्र मुखियाको भने टाउकोमा चोट लागेकाले लालबन्दी मोडेल अस्पतालमै उपचार भईरहेको छ ।
No comments:
Post a Comment