Tuesday, January 14, 2014

कटान रोक्न पहल

कटान रोक्न पहल
सर्लाही समाचारदाता
कर्मैया, पुस २६ ।  नेपाली काँगे्रसबाट समानुपातिक सभासद बनेका  हरेसप्रसाद महतोले कर्मैया क्षेत्रमा भईरहेको खोलाको कटान रोक्न सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रवार नेपाली काँगे्रस गाउँ समिति कर्मैयाको आयोजनामा भएको भेटघाट, शुभकामना तथा बधाइ कार्यक्रममा सभासद महतोले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा उनले कर्मैया क्षेत्रमा तत्काल बाटो मर्मतका लागी समेत पहल गर्ने बताए ।  काँगे्रस गाउँ समिति सभापती दिपक रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य बलराम सुवेदी, गाउँ समिति कोषादक्ष्य शंकर थापा, विद्यार्थी नेता केशव दाहाल लगायतले मत्तव्य राखेका थिए ।  महतो नेपाली काँगे्रसको तर्फबाट सर्लाहीका एकमात्र समानुपातिक तर्फका सभासद हुन ।




No comments:

Post a Comment