Tuesday, January 14, 2014

शिविरमा चारसय ५० लाभान्वित

शिविरमा चारसय ५० लाभान्वित
सर्लाही समाचारदाता
हरिवन, पुस २६ ।   हरिवनमा शुक्रवार भएको निशुल्क आखाँ शिविरमा ४ सय ५० जना लाभान्वित भएका छन् ।
हरिवनका पुर्व गाविस अध्यक्ष स्वार्गिय नारायण उपे्रतीको २२औँ स्मृती दिवसको अवसरमा नारायण उपे्रती प्रतिष्ठानले शिविरको आयोजना गरेको थियो ।
पुष २९ गते पर्ने २२औँ स्मृती दिवसको अवसरमा शिविरको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष राजकुमार उपे्रतीले जानकारी दिए । शिविरमा ४ सय ५० जनाको आँखा परिक्षण गरिएको र परिक्षणका क्रममा मोतियाविन्दु देखिएका  ७१ जनालाई शल्यक्रियाका लागी सामुदायिक आँखा अस्पताल हेटौडा पठाईएको उप्रतीले बताए । स्वर्गिय उपे्रतीको २०४६ सालको जनआन्दोलका क्रममा  प्रहरीको दमनबाट रोगीभइ  २०४९ सालमा मृत्यु भएको थियो । उनको सम्झनामा हरेक वर्ष प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

No comments:

Post a Comment