राष्ट्रपति रनिङ शिल्डको दौड
सर्लाही समाचारदाता
इश्वरपुर, पुस २७ । ईश्वरपुर २ मा रहेको नारायण उमाविको खेल मैदानमा शुरु भएको ५औँ अन्तर विद्यालय राष्ट्रपति दौड प्रतियोगिता शनिबार सकिएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगितामा सर्लाहीको क्षेत्र नम्वर १ का ७ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न दुरीका दौड प्रतियोगिता, रिले, भलिवल लगायतका प्रतियोगिता भएको आयोजक समितिका अरुण भुजेलले जानकारी दिए ।
प्रतियोगिताका बिजयीलाई प्रमाण पत्र वितरण गरिएको सचिव भुजेलले बताए । प्रतियोगिताको शुक्रबार जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए ।
No comments:
Post a Comment