फूटबलमा धापटोल पिडारी बिजयी
सर्लाही समाचारदाता
किशनपुर, पुस २७ । किशनपुरमा सञ्चालन भईरहेको जिल्ला स्तरिय फुटबल प्रतियोगिताको शनिबार फाईनल खेल सम्पन्न भएको छ ।
पिडारी गाविस स्थित सामाजिक वातावरण सुधार युवा संघ धापटोलले प्रतियोगिताको फुटबलमा उपाधी चुमेको छ । फाईनल प्रतिस्पर्धामा भक्तिपुर युवा क्लवलाई ५–४ गोलले हराउँदै धापटोलले प्रथम उपाधी चुमेको हो । श्री ज्योतिवर्ती देवी युवा क्लव किसनपुर सर्लाहीको आयोजनामा भएको प्रतियोगितामा १७ वटा क्लवहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम र दोस्रो हुनेलाई क्रमशः ५ हजार र २ हजार ५ सय नगदका साथै शिल्ड तथा मेडल प्रदान गरिएको छ । प्रतियोगिताका बिजयीहरुलाई गाविस सचिव हकहित संरक्षण केन्द्र सर्लाहीका अध्यक्ष करिकान्त लाल कर्णले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता गत पुस १७ गते देखी शुरु भएको थियो ।
No comments:
Post a Comment