Wednesday, January 15, 2014

लोहासिंहको मूल्य नकाट्न अनुरोध

लोहासिंहको मूल्य नकाट्न अनुरोध
सर्लाही समाचारदाता
हरिवन, पुस ०१ । लोहासिंह जातको उखुमा ५० प्रतिशत रकम नकाट्न बुधबार किसान प्रतिनिधीले इन्दुशंकर चिनी उद्योगमा अनुरोध गरेका छन् ।
दुईवर्ष अघिको सम्झौता बमोजिम यस क्रसिङ सिजनमा उद्योगले लोहासिंह उखुमा ५० प्रतिशत रकम कट्टा गर्न थालेपछि किसानले लिखित रुपमा गतवर्ष झै गर्न अनुरोध गरेका हुन ।
मिलगेट उखु उत्पादक समितिका अध्यक्ष बेदबहादुर बुढाथोकीको नेतृत्वमा गएको किसान प्रतिनिधीको टोलीले उद्योगका महाप्रबन्धक विजयकान्त झालाई लिखित अनुरोध दिएका थिए ।
समितिका उपाध्यक्ष राजकुमार उप्रेतीका अनुसार दुईवर्ष अघि भएको सहमतिमा यसवर्ष अन्तिमपटक किसानलाई मौका दिनुपर्ने बताए । किसानको खेतमा यसवर्ष लोहासिंह जातको अन्तिम  वर्षका उखु र जात नचिनेर झुक्किएका उखुमात्र रहेकाले यस सिजनका लागि गतवर्षका झै मूल्य कायम गर्नुपर्ने माग राखिएको उल्लेख गर्दै अर्काेवर्षदेखि उद्योगले निषेध गरेको उखुमा समिति जिम्मेवार नहुने बताए । लोहासिंह उखुका लागि उद्योगी र किसानविच दुईवर्ष अघि विभिन्न सहमति भएको थियो ।
सहमतिमा क्रसि· सिजन ०६८ मा मूल्य नकाट्ने, ०६९ मा ८ प्रतिशतसम्म मूल्य कट्टा गरिने र २०७० मा पनि लोहासिंह उखु आएमा ५० प्रतिशतसम्म मुल्य कट्टा गरिने उल्लेख छ ।
किसान प्रतिनिधीको लिखित अनुरोधको ज्ञापन बुझ्दै उद्योग महाप्रबन्धक विजयकान्त झाले उद्योगी विचको आन्तरिक छलफल पश्चात किसानलाई जवाफ दिइने बताए ।

No comments:

Post a Comment