Wednesday, January 15, 2014

रिलिफलको न्यानो कपडा

रिलिफलको न्यानो कपडा
सर्लाही समाचारदाता
हरिवन, माघ १ । आनन्द मार्ग प्रचारक संघ नेपाल शाखा हरिवनद्वारा सञ्चालित आनन्द मार्गयूनिभर्सल रिलिफ टिमले बुधबार जाडोबाट बच्न न्याना कपडाहरु वितरण गरेको छ ।
हरिवन बजारमा एक समारोहको आयोजना गरि गरिब, असहाय, अपांग, वृद्धवृद्धा लगायतलाई मिष्ठान भोजन एवं न्याना कपडाहरु वितरण गरिएको हो । कम्बल, सारी सहितका लत्ताकपडा वितरण गरिएको संघका बैजु साहले बताए । हरिवन, नवलपुर, लालबन्दी लगायत बजारमा संकलित सहयोगबाट कपडाहरु वितरण एवं मिष्ठान भोजन गराईएको हो । ‘‘संकलित नगदले कम्बल किन्यौं ।’’ साहले भने–‘‘व्यापारीहरुले दिएका अन्य न्याना कपडा पनि वितरण ग¥यौं ।’’
कार्यक्रममा हरिवन गाविस सचिव राजकुमार थापा, एमाले नेता सुरेन्द्र लामा, समाजसेवी एवं व्यापारी दिनेशओम पोते लगायतको उपस्थिती रहेको थियो भने संघका केन्द्रीय
पदाधिकारी सहित स्थानीय पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा सयजना भन्दा बढीलाई न्याना कपडा वितरण एवं मिष्ठान भोजन गराइएको आयोजकले जनाएको छ । हरेक वर्ष माघे संक्रान्तिका दिन गरिदै आएको यो कार्यक्रम आगामी वर्ष भने पुस १ गते गरिने आयोजकले जनाए । ‘‘माघ १ गते गर्दा लगभग जाडो मौसम सकिने र चिसोबाट बच्ने न्याना कपडा वितरण प्रभावकारी नहुने भएकाले आगामी वर्षबाट पुस १ गते नै गर्ने छौं ।’’ साहले भने ।

No comments:

Post a Comment