Tuesday, January 14, 2014

राष्ट्रपति दौड प्रतियोगिता तयारी

राष्ट्रपति दौड प्रतियोगिता तयारी
सर्लाही समाचारदाता
बयलवास, पुस २५ ।   शुक्रवारदेखी ईश्वरपुर २ मा हुन लागेको ५औँ अन्तर विद्यालय राष्ट्रपति दौड क्षेत्रीय प्रतियोगिता तयारी पुरा भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुन लागेको सो क्षेत्रीय प्रतियोगिताका क्षेत्र नम्वर १ का माध्यमिक तहका विद्यार्थीहरु सहभागी हुने समितिका जिल्ला अध्यक्ष गणेश थापाले जानकारी दिए ।
प्रतियोगितमा विभिन्न दुरीका दौड, जम्प, भलिवल लगायतको अन्य खेलकुद हुने आयोजकले जनाएको छ । जिल्ला भरी क्षेत्रीय रुपमा क्रमश हुने प्रतियोगिता अन्तर्गत ईश्वरपुरमा हुने खेलमा जिल्लाको क्षेत्र नम्वर १ का माध्यमिक तहका विद्यार्थीहरुले मात्र भाग हुन पाउने भएका हुन् ।
बिजेताहरुलाई प्रमाण पत्रका साथै जिल्ला स्तरमा हुने प्रतियोगितामा सहभागी हुने अवसर पाउने बताईएको छ ।

No comments:

Post a Comment