हिंसापीडित महिलाको मुद्धा मिल्यो
सर्लाही समाचारदाता
हरिपुर, पुस २४ । छोरा नजन्माएको र प्रयाप्त दाइजो नल्याएको आरोपमा चरम घरेलु हिंसामा परेकी महिलाको मुद्धामा बुधबार आवश्यक सहमति सहित समाधान भएको छ । इलाका प्रहरी कार्यालय हरिपुरमा पिडक, पीडित र समाजका अगुवा विचको छलफलमा तीन सुत्रिय सम्झौता सहित मुद्धा मिलेको थियो । हरिवन गाविस–२ की ३० वर्षिय सुधा लुईटेललाई उनका पति र सासुले मरणाशन्न हुनेगरी कुटपिट पश्चात आइतबार सो घटना बाहिर आएको थियो ।
१० वर्ष अघिदेखि निरंतर घरेलु हिंसाबाट पीडित सुधा लुइटेल क्षतिपूर्ति सहितको सम्पत्ति बाडबाँड र सुरक्षित हुन पाउनुपर्ने अधिकारको सुनिश्चिता भएपछि घटना विवादको निकास निस्किएको छ । प्रहरीको रोहबरमा पीडितका बाबु नवराज तिम्लसिना, ससुरा प्रेमप्रसाद लुइटेल लगायतका आफन्त सहित समाजका भद्रभलाद्मी विचको छलफलबाट पीडितलाई सुरक्षित तबरबाट उद्धार गर्दै मिलापत्र भएको हो ।
हरिवनका पूर्व गाविस अध्यक्ष डिल्लीप्रसाद उप्रेतीका अनुसार हिंसा पीडित सुधालाई पति दिपक लुइटेलले नागरिकता बनाई एकहप्ता भित्र आफ्नो अंशको आधा अंश (तीन कठ्ठा जग्गा) प्रदान गर्नुपर्ने, घरबासको व्यवस्था र गल्तीको आत्मलोचना सहित उपचार खर्च सहित थप पचासहजार रुपैया प्रदान गर्नुपर्ने सहमति पश्चात मुद्धा किनारा लागेको हो ।
सहमतिमा तीन छोरीलाई समेत बाबु (दिपक) ले नै लालन पालन गर्नुपर्ने सहमति भएको उल्लेख गर्दै उप्रेतीले सकेसम्म सबैलाई एउटै घरमा मिलेर बस्न आग्रह गरिएको बताए ।
यता हिंसा पीडकलाई कारवाही गर्नुपर्ने माग राखी शुशिला कार्कीको अध्यक्षतामा गठन भएको दवाव समूहले हिंसा नियन्त्रण र पीडितलाई क्षतिपूर्ति सहितको आत्म अधिकार दिलाउने निर्णय पछि आन्दोलन स्थगित गरेको छ ।
अध्यक्ष कार्कीले सामाजिक भद्रभलाद्मीको रोहबरमा भएको निर्णयलाई समर्थन गर्दै हिंसा नदोहोरिने शर्तमा आन्दोलन स्थगित गरिएको बताईन । यता मानवअधिकारबादी विदुरकुमार प्याकुरेलले पीडित सुरक्षित हुने तीनबुँदे शर्त सहितको निर्णयले पूनः हिंसा नदोहोरिने र हिंसा विरुद्ध समाज सचेत हुने बताए । सहमतिको निर्णय पश्चात प्रहरी नियन्त्रणमा रहेका पीडक दिपक लुईटेल र उनका आमालाई बुधबार नै प्रहरीले छोडेको छ । हरिवनमा सहमति हुन नसकेपछि कारवाहीका लागि हरिपुर पठाइएपछि पीडितलाई आवश्यक क्षतिपूर्ति दिने निर्णय भई विवाद समाधान भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख शंकर सिंह रावले बताए ।
पति र सासुले आईतबार कुटपीट गरेर घरनिकाला गरेपछि ३० वर्षिया सुधा गोठमा लुकेकी थिईन् । राती अवेरसम्म पनि सुधा घरमा नआएपछि पति दिपकले उनका माईतीपक्षलाई छोरी हराएको खबर गरेका थिए । छोरी हराएको भनेर खोज्न आएका माईतीपक्ष र स्थानीय बासिन्दा सहित प्रहरी टोलीले सुधालाई उद्धार गरेको थियो । उद्धार लगतै सुधालाई उपचारका लागि स्थानीय नमूना अस्पतालमा राखिएको थियो ।
सुधाकी आमा शान्ता तिमल्सीनाले बिवाह गरेदेखिनै घरका सदस्यले छोरीलाई कुटपिट गरेर दुःख दिने गरेको र मार्नेसम्मको प्रयास भयो, उनले बताइन । विवाह भएको केही समयपछि नै सुधामाथि घरपरिवारले कुटपीट सहितको यातना दिने गरेको स्थानीयले बताए । स्थानीय बासिन्दाका अनुसार सुधामाथि कुटपीट भएको विषयमा यसअघि पनि ३ पटक गाउँमै छलफल गराएर मिलाईएको थियो ।
महिला हिंसाको बिरुद्ध दोषीलाई कारबाही माग गर्दै स्थानीयले आइतबारदेखि नै इलाका प्रहरी कार्यालय हरिवनमा नारावाजी गरेका थिए । ‘‘दोषिलाई छाड्न पाईंदैन’’ भन्ने नारा लगाउँदैं सयौं महिला जमाथ प्रहरी कार्यालय अघिल्तीर धर्नामा बसेका थिए । इलाका प्रहरीमा जम्मा भएका महिलाले दोषिमाथी कडा कारबाही हुनुपर्ने अडान राखेका थिए । ज्यान मार्ने प्रयास भएको भन्दै प्रशासनले कडा संजाय गर्नुपर्ने महिलाहरुले माग गरेका थिए ।
धनुÈाको वेंगाडावर–८ की सुधास“ग दिपक लुईटेलले १० वर्È पहिले सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । छोरी जन्माएको र दाइजो नपुगेको भन्दै आफ्नी छोरीलाई विवाह गरेको बेलादेखि नै यातना दिने गरिएको सुधाकी आमा शान्ता तिमल्सीनाले बताइन् । पिडीतका ९ वर्È, ६ वर्ष र २ वर्षका तीन छोरी छन् ।
जिल्लाका विभिन्न स्थानमा छोरी जन्माएको र दाइजो नल्याएको निहुँमा महिलाहरु हिंसाका शिकार बनिरहेका छन् । केही महिनाअघि मात्र पनि अर्नाहा गाविसकी एक महिलाले छोरा नजन्माएको आरोपमा आफूलाई यातना सहित घर निकाला गरिएको भन्दै जिल्ला अदालतमा मुद्धा दायर गरेकी थिईन् । उक्त मुद्धा हाल जिल्ला अदालतमा विचाराधिन रहेको छ ।
No comments:
Post a Comment