बजेट पारदर्शी माग
सर्लाही समाचारदाता
घुर्कौली, पुस ३० । घुर्कौलीका युवाहरुले गाविसमा आउने बजेट पारदर्शी बनाउन माग गरेका छन् ।
मंगलवार गाविसको नौ वटै वडाका युवाहरुको भेलाले यस्तो माग गरेका हुन् । उनीहरुले अघिल्ला वर्षहरुमा गाविसमा प्रत्येक विकास निर्माणकको कार्यमा व्यापक अपारदर्शिता भन्दै आगामी दिनमा यस्तो हुने नदिन अनुगमन समेत गर्ने निर्णय गरिएको छ ।
गाविसले प्रत्येक वर्ष विकास निर्माणको काममा छुट्¥याउने बजेट पारदर्शी नगरेकाले आफुहरुले दवाव दिन युवाहरुको एक समुह समेत गठन गरेको स्थानीय युवा पवन खरेलले जानकारी दिए । युवाहरुको भेलाले भरत बलम्पाकीको अध्यक्षतामा ६० सदस्यीय घुर्कौली युवा समुह गठन गरेको छ ।
No comments:
Post a Comment