सर्लाही समाचारदाता
मलंगवा, पुस ३० । बालबालिकाको विकास र बालअधिकार सुरक्षित गर्नको लागि ५वर्षे रणनैतिक योजना निर्माण गर्न कार्यशाला गोष्ठी गरिएको छ ।
मलंगवामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले जिल्लामा पाँचवर्ष भित्र बालबालिको अवस्थामा सुधार ल्याउने योजना लागू गरीने प्रतिवद्धता जाहेर गरेका थिए । त्यस्तै स्थानीय विकास अधिकारी उमेश बस्नेतले योजनाले बालमैत्री, स्थानीय शासन लागू गर्न सहयोग गर्ने कुरा व्यक्त गरे ।
कार्यक्रमा महिला विकास अधिकृत निरुलक्ष्मी श्रेष्ठले बालबालिको जिल्लाको अवस्था, जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बालबालिको शैक्षिक अवस्था तथा युनीसेफका प्रतिनिधि बृजकिशोर पटेलले बालअधिकारका ४ पक्षका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । बालकल्याण अधिकृत अम्बिका पौडेलद्धारा संचालित कार्यक्रममा जिल्लाका रहेका बालबालिकाका क्षेत्रमा कार्यरत गैर सरकारी संस्था प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाज, महिला अधिकारकर्मी, शिक्षक, बालअधिकारकर्मी गरी ४५ जनाको सहभागिता रहेको थियो ।
जिल्लामा बाल अधिकारको समस्या, समाधानको उपाय, प्रकृया र जिम्मेवार निकायको विश्लेषण गर्न सहभागीलाई ४ समुहमा विभाजन गरी छलफल गराई प्रस्तुत गरिएको थियो । चारवटै समुहबाट आएका प्रस्तुतिलाई जिल्ला बालकल्याण समितिको बैठकबाट अनुमोदन गरी जिल्लाका सम्पूण सरोकारवालको माझमा प्रस्तुत गरीएको थियो । प्रस्तुत रणनीति योजना एकमहिना भित्र लागुहुने बताइएको छ ।
No comments:
Post a Comment