सर्लाहीका युवकको कुवेतमा मृत्यु
सर्लाही समाचारदाता
सासापुर, पुस ३० । सासापुर–१ का एक युवकको बैदेशिक रोजगारका क्रममा कुवेतमा ज्यान गएको छ ।
पाँच महिना अघि त्यहाँ पगेका स्थानीय ३२ वर्षिय बिर्ख सिंह घिसिङ् सुतेको अवस्थामा गत सुक्रवार ओछ्यान मै मृत अवस्थामा फेलापरेका हुन ।
घिसिङ्ँको ज्यान गएको खवर आएपछि उनको श्रीमतीे अचेत अवस्थामा रहेपछि नमुना अस्तपताल हरिवनमा उपचार भैरहेको छ । घिसिङ्को मृत्यु पश्चात उनका २ छोरा १ छोरी को बिचल्ली भएको स्थानीले बताएका छन् ।
‘हेभी ड्राभिङ’का कामका लागी त्यहाँ पुगेका घिसिङ्को मृत्यु भएपछि शव ल्याउनको लागी कानुनी प्रक्रिया अगाडी बढाईएको मृतकका बुवा चक्रध्वज घिसिङले बताए । करिव ९० हजार लगानी गरेर उनि गाउँकै एजेन्ट मार्फत काठमाण्डौको एक मेनपावरबाट बैदेशिक रोजगारमा गएका थिए ।
No comments:
Post a Comment