Tuesday, January 14, 2014

ट्रकले किचेर ज्यान गयो

ट्रकले किचेर ज्यान गयो
सर्लाही समाचारदाता
मूर्तिया, पुस २४ । उखु बोकेको ट्रकले किच्दा बुधवार एकजनाको मृत्यू भएको छ भने अर्का एकजना  घाईते छन् ।
मूर्तिया गाविस वडा नं. ६ र ७ को सिमा क्षेत्रमा पर्ने सीतापुरमा भएको दुर्घटनामा लौकठ वडा नम्बर ३ का सुनिल कुमार यादवको मृत्यू भएको हो । त्यस्तै लौकठ वडा नम्बर १ का सुरेश राय गम्भिर घाईते भएका ईलाका प्रहरी कार्यालय  बरहथवाले जनाएको छ ।
सीतापुरमा रहेको उखु तौलगर्ने काँटाबाट उखु लोड गरेर महोत्तरीको रामनगर तर्फ हिड्न लागको ना ३ ख १७१ नम्बरका ट्रक बाटोमा रहेको माटोको ढिस्कोमा परी अनियन्त्रित भई भारतीय नम्बरको मोटरसाईकल माथि पल्टिएको स्थानीय रामज्ञान चौधरीले जानकारी दिए । ट्रकले च्यापिएर मोटरसाईकल चालक २६ वर्षिय सुनिलको घटनास्थलमै मृत्यू भएको र पछाडि बसेका ३० वर्षिय सुरेश गम्भिर घाईते भएका प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment