Wednesday, January 15, 2014

फुलपरासीमा विवाद, लालबन्दीको सकियो

फुलपरासीमा विवाद, लालबन्दीको सकियो
सर्लाही समाचारदाता
फुलपरासी, पुस ३०  ।
फुलपरासी गाविसको गाउँ परिषद् विवादमा परेको छ । गाविस सचिव उमेश मिश्र र गाउँका स्थानिय राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो अनुकूल परिषद् सम्पन गर्न खोज्दा स्थानिवासीन्दाहरुले विरोध गरेपछि परिषद् विवादमा परेको हो । स्थानियवासीन्दाहरुले गाउँमा सिचाईको सुविधा नभएकाले नहर निमार्ण गर्नुपर्र्ने र गाउँमा पानीको निकास नभएकाले गाँउमा नाला बनाउनु पर्ने माग गरेका छन् । गाउँलेहरुको मागलाई वास्ता नगरी परिषद् सम्पन गर्न खोज्दा गाउँ परिषद् ओझलमा परेको बताइएको छ । गाउँ विकासका लागि आएको बजेट हिनामिना गर्न स्थानिय  राजनीति दल र  गाविस सचिव आफ्नो अनुकूल योजनाहरु छनोट गर्न चाहेको स्थानीय विन्देश्वर रायले बताए ।
यसैविच लालबन्दी गाविसको मंगलवार १७औँ गाउ परिषद सम्पन्न भएको छ । गाविस सचिव केशव साहीको अध्यक्षत तथा जेष्ठ नागरिक शिवप्रसाद भट्राईको प्रमुख आतिथ्यमा गाउँ परिषद गरिएको हो ।
परिषद्मा आर्थिक वर्ष ०७१÷०७२ को लागी एक करोड ९० लाख ८३ हजार बजेट विनियोजन गरिएको छ । परिषदमा आर्थिक वर्ष ०७०÷०७१ को आय व्यय समेत सार्वजनिक गरिएको कार्यक्रम सञ्चालक पुस्कर ढुङ्गेलले जानकारी दिए । त्यसैगरी पुस मसान्त सम्ममा गाउँ परिषद गरिसक्नु पर्ने भएपनि जिल्लाका अधिकांश गाविसको गाउँ परिषद हुन सकेको छैन् ।

No comments:

Post a Comment