Wednesday, January 15, 2014

ठक्करबाट युवक घाईते

ठक्करबाट युवक घाईते
सर्लाही समाचारदाता
कर्मैया, पुस ३० । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्र्मैया–६ मा मंगलवार माईक्रोको ठक्करबाट एक युवक गम्भिर घाईते भएका छन् ।
सडक पार गर्ने क्रममा माईक्रोको ठक्करबाट कर्मैया–६ निवासी मुरली साहका छोरा १९ वर्षिय मन्दिप साह घाईते भएका हुन् ।
घाईते साहको हरिवन स्थित हरिवन अस्पतालको प्राथमिक उपचार पश्चात थप उपचारका लागि भरतपुर अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । साहलाई कर्मैयाबाट लालबन्दी तर्फ आउँदै गरेको ज १ ज १७७ नम्वरको माईक्रोले ठक्कर दिएको थियो । ठक्कर दिने माईक्रो र चालकलाई अहिले ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको छ ।

No comments:

Post a Comment