Wednesday, January 1, 2014

विद्यालयमा तालाबन्दी

विद्यालयमा तालाबन्दी
सर्लाही समाचारदाता
श्रीपुर, पुस १७ ।  राधाकृष्ण जनता निमावी श्रीपुर ४ मा स्थानीय अविभावकले तालाबन्दी गरेका छन् ।
विद्यालयका शिक्षक शिक्षिका नियमित विद्यालय नआएको, विद्यालयको हिसाव किताव सार्वजनिक नगरेको र विद्यालयका प्रधानाध्यापक पनि नियमित विद्यालय उपस्थित नभएको भन्दै स्थानीयले विद्यालयमा तालबान्दी गरेको हुन् । गाउँका स्थानीयवासी र युवाहरु मिलेर गत पुस १४ गते देखी विद्यालयको कार्यालयमा तालाबन्दी गरिएको स्थानीय युवा अजय रायले जानकारी दिए ।
विद्यालयको हिसाव किताव सार्वजनिक हुनुपर्ने, प्रधानाध्यापक र शिक्षक शिक्षिका नियमित उपस्थित हुने सम्झौतामा मात्र तालाबन्दी खोलिने स्थानीय युवा रायले जानकारी दिए । विद्यालयमा ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । यता विद्यालयका प्रधानाध्यापक नवलकिशोर रायले आफु र विद्यालयका शिक्षक शिक्षिका नियमित विद्यालयमा उपस्थिती भएको दावी गरेका छन् । प्रधानाध्यापक रायले विद्यालयको हिसाव किताव पनि वर्षेनी सार्वजनिक गरिएको दावी गर्दै उनले हाल विद्यालय जाडोबिदाका कारण बन्द रहेको र आफुपनि मलंगवा रहेका कारण तालाबन्दीको बारेमा कुनै जानकरी नभएको बताए ।

No comments:

Post a Comment