Wednesday, January 15, 2014

मौरीपालक किसानको गुनासो

मौरीपालक किसानको गुनासो
सर्लाही समाचारदाता
कर्मैया, माघ १ । मौरीपालक कृषकहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् । बुधवार कर्मैयामा भएको नेपाल मौरिपालक महासंघ जिल्ला शाखाको छैठौँ अधिवेशन एवं नवौँ साधारण सभामा सहभागी मौरिपालक किसानहरुले यस्तो गुनासो गरेका हुन् ।
सहभागी किसानहरुले सरकारी वेवास्ताका कारण आफुहरुलाई मौरिपालन व्यवसायमा रानीको वंश सुधार गर्न समस्या भएको बताएका थिए । उनीहरुले पछिल्लो समयमा महको उत्पादन बढेको भएपनि मौरीको बच्चा उत्पादन गर्न भने समस्या भएको दुखेसो पोखेका थिए ।
महसंघका जिल्ला अध्यक्ष डम्वर देव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष कमल प्रसाद मैनाली प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा आर्थिक वर्ष ०७१÷०७२ को लागी ६ लाख ५१ हजार बरावरको अनुमानित बजेट समेत प्रस्तुत गरिएको विशिष्ट अतिथी एवं महासंघका महासचिव हेमराज देवकोटाले जानकारी दिए ।

No comments:

Post a Comment