Wednesday, January 15, 2014

एमालेका समासद्लाई सम्मान

एमालेका समासद्लाई सम्मान
सर्लाही समाचारदाता
मलंगवा, पुस १ । नेकपा एमाले क्षेत्र नं. ४ ले बुधबार जिल्ला स्थित पार्टीका सभासद्लाई सम्मान गरेको छ ।
एमाले जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा जिल्लाबाट समानुपातिकतर्फबाट सभासद्मा परेका कमलादेवी महतो, रंजना सरकार र दुलारी देवीलाई सम्मान गरिएको एमाले जिल्ला अध्यक्ष मनोज देवकोटोले बताए ।
पार्टीका–४ नम्बर क्षेत्रीय अध्यक्ष जयप्रकाश यादवको सभापतित्वमा भएको कार्यक्रममा अंचल सदस्य रेवती पन्त, जिल्ला अध्यक्ष मनोज देवकोटा, राजनारायण साह लगायतका नेताहरुको उपस्थिती थियो ।
सम्मान कार्यक्रममा क्षेत्र नम्बर ३ बाट निर्वाचित हरि उप्रेतीलाई सम्मान गर्ने कार्यक्रम रहेको भएपनि उप्रेती कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेका बताइएको छ ।

No comments:

Post a Comment