Wednesday, January 15, 2014

दुईजना कारागार चलान

दुईजना कारागार चलान
सर्लाही समाचारदाता
मलंगवा, पुस ३० । सर्लाही जिल्ला अदालतको आदेशमा मंगलबार दुईजना अभियुक्त कारागार चलान भएका छन् ।
धनकौल पश्चिम गाविस–९ का दशरथ मण्डल र जमूनिया गाविस–५ बस्ने पूनितलाल राय कारागार चलान भएका हुन् । जिल्ला अदालतबाट मण्डललाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश तथा रायलाई ६ महिना कैद सजायको फैसला सुनाएकाले उनीहरुलाई महोत्तरी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
६ जनाको घरमा आगो लगाएर १० लाख ३९ हजार क्षति पु¥याएको दावी सहित उजुरी परेपछि मण्डललाई सो सम्बन्धि मुद्धामा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । दशरथले गत मंसिर २९ गते राती स्थानीय प्रभु मण्डल, सिकिन्द्र मण्डल, मिथलेस मण्डल, सुरेन्द्र मण्डल, उमेश मण्डल र सुरेश मण्डलको घरमा आगजनी गरेको र सो बाट १० लाख ३९ हजार क्षति भएको दावी सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । त्यस्तै पूनितलाल रायलाई विगो मुद्धामा ६ महिना कैद सजाय सुनाईएको हो । जमूनिया गाविस–७ बस्ने राजेन्द्र रायसँगको लेनदेन मुद्धामा अदालतले पूनितलाललाई थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment