दुलदुल घोडा नाच लोप हुने अवस्थामा
सुनिल ठाकुर÷ सर्लाही दैनिक
मलंगवा, पुस ३० । लोपोन्मुख अवस्थामा रहेको दुलदुल घोडा नाच आजभोली तराई तिरको गाउँघरमा देखिन थालेको छ ।
काठले बनाएको घोडालाई रंगीचंगी बनाई कम्मरमा बाँधेर नाच्ने नाचलाई दुलदुल घोेडा भनिन्छ । तराईका भाँट समुदायले नाच्ने यो नाच पहिले पेशागत रुपमा रहेपनि अचेल लोप हुने अवस्थामा पुगेको हो । नाचेर माग्ने भएकाले यो पेशा लोप हुन लागेको बिहार पसुवा पटौनियाका मुसाफिर भाँटले बताए । बाउबाजेले गर्दै आएकोले आफुपनि यसमै लागेको तर छोराहरु बिभिन्न काममा लागेकोले यो पेशा लोप हुने अवस्थामा रहेको उनको कथन छ । घरघरमा पुगेर नाच देखाएर माग्ने भएकोले यो नाचलाई आफ्ना सन्ततीहरुले छोड्न लागेको भाँटले बताए । एक दिनमा आफुहरु ३०÷३५ किलो चामल मागरे जम्मा पार्ने गरेको भाँटले बताए । वर्षभरि अरुकाम गरे पनि मंसिर, पुषमा आफुहरु नाच देखाएर नै कमाउने गरेको उनको कथन छ ।
तीनजनाको समूहमा रहेका भाँटहरुमा एकजना नाच्ने, एकजना मादल बजाउने र एकजनाले घर घरमा पुगेर माग्ने काम गरेको देखिन्थ्यो । पहिले पहिले गाउँघरमा विभिन्न चुटकिला, गीत तथा कहावतहरु सुनाएर पैसा तथा चामल आर्जन भाँट समुदायको मूख्य पेशा नै थियो । आफ्नो पुर्खाहरुले गर्दै आएको पेशा लोप हुन लागेको प्रति भाँट चिन्तीत छन् । आफुहरुको चिनारीकै रुपमा रहेको यो नाचलाई जिवन्त राख्नका लागि आफुहरु वर्षभरि अरु काम गरेपनि समय समयमा नाँच, गीत तथा चुटकिलाहरु सुनाएर मानिसहरुलाई मनोरंजन गराउने गरेको उनको भनाई छ । भाँटले जातिय पेशालाई जिवन्त राख्नका लागि आफ्ना सन्ततीहरुलाई सुझाव दिदाँ यसबाट केही प्रगति नहुने भन्दै अन्य व्यवसाय तथा विभिन्न पेशामा लागेको बताए ।
धान भित्राउने मंसिर, पुषमा यो नाच बढी गाउँघरमा देखिने गरेको छ । फुर्सदको समयमा घरमा बसेका किसानले आफ्नो स–सना बालबालिकालाई मनोरंजन तथा रमाउनका लागि कृत्रिम घोडामा राखेर रमाउने गर्छ । जसबापत किसानहरुले चामल तथा शहरका व्यक्तिहरुले पैसा दिने गर्छन् । बालबालिका पनि घोडा बसेर रमाउने गरेको देखिन्छ । कृत्रिम घोडामा बसाएका उनीहरुलाई केही समयका लागि वास्तविक घोडामा नै बसेको भान गर्छन् । बालबालिकालाई खेलाउन तथा मनोरंजन गराउनका मादलको सुरमा घोडा बनेका मानिसले गाउँने तथा नाच गर्ने गर्छन् ।
No comments:
Post a Comment