Wednesday, January 15, 2014

थारुले माघी मनाए

थारुले माघी मनाए
सर्लाही समाचारदाता
मलंगवा, पुस ३०  । थारु कल्याणकारिणी सभा सर्लाहीले मंगलवार नयाँ वर्ष तथा माघी पर्व ‘तिलसा’को अवसरमा फरहथवा गाविसमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।
सभाका जिल्ला सभापती आशनारायण चौधरीको सभापतित्व तथा नेपाली काँगे्रस सर्लाही क्षेत्र नम्वर २ सभासद रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । माघीका अवशरमा वनभोजका साथै शुभकामना आदान प्रदान गरिएको आयोजकले जनाएको छ । सभाले हरेक वर्ष यस पर्वको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

No comments:

Post a Comment