‘मिस म्याचको’ विरोध बढ्यो
सर्लाही समाचारदाता
हरिवन, पुस ३० । मिस म्याचको नाममा सरकारले जथामावी जरिवाना लिएको भन्दै जिल्लाका व्यवसायीको विरोध बढ्दै छ ।
मिस म्याचको नाममा सरकारले थप जरिवान लिएको प्रति उद्योग वाणिज्य संघ हरिवन शाखाले आपत्ती जनाएको हो । मिस म्याचको बिरोधमा मंगलवार संघका अध्यक्ष रामभक्त प्रधानको नेतृत्वमा ईलाका प्रहरी कार्यालय हरिवनमा ज्ञापन पत्र बुझाईएको छ । संघले मिस म्याचको विरोधमा छिमेकी जिल्ला रौतहट, वारा, पर्साका व्यवसायीहरुले जनाएको विरोधमा समेत ऐक्यवद्धता जनाएको छ । यसअघि सोमवार उद्योग वाणिज्य संघ लालबन्दी शाखाले मिस म्याचको विरोधमा पत्रकार सम्मेलन मार्फत असन्तुष्टी प्रकट गरेको थियो ।
No comments:
Post a Comment