Wednesday, January 15, 2014

गरिबीको काममा हेल्लो सरकारको पत्र

गरिबीको काममा हेल्लो सरकारको पत्र
सर्लाही समाचारदाता
मलंगवा, पुस ३० । गरिबी निवारण कोषको सहयोगमा सञ्चालित एक काममा अनियमितता भएको भन्दै हेल्लो सरकारबाट त्यसबारे आवश्यक कार्वाही गर्न निर्देशन आएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको हेल्लो सरकारमा परेको उजुरीका आधारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समितिलाई त्यस्तो निर्देशन दिएको हो ।
गरिबी निवारण कोषको सहयोगमा बाराउद्योरण गाविस स्थित बाटो निर्माण कार्यमा अनियमितता भएको भन्दै उजुरी परेकाले सो सम्बन्धमा आवश्यक कार्वाही गर्न भन्दै हेल्लो सरकारको निर्देशानुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिविसलाई पत्र पठाएको हो ।
स्थानीय रामसुन्दर दासले हेल्लो सरकारमा उजुरी दिएका हुन् । गरिबी निवारण कोषको सहयोगमा स्थानीय उपभोक्ता समूहले सो काम गरेको हो ।

No comments:

Post a Comment