Wednesday, January 15, 2014

खोरेत रोग नियन्त्रण भएन

खोरेत रोग नियन्त्रण भएन
सर्लाही समाचारदाता
मलंगवा, पुस ३०  ।
जिल्लाको दक्षिणी क्षेत्रमा तीनसाता अघिबाट पशु चौपायमा फैलिएको खोरेत रोगको महामारी अझै नियन्त्रणमा आउने सकेको छैन् ।
हरिपर्वा, हरकठवा, फेनरा, सिमरा, धनगढा, सिसौटिया लगायत क्षेत्रमा खारेत रोगले महामारी रुप लिएको हो ।
रोग कारण  दर्जनौ पशु चौपाय मरिसकेको छ भने सयाँै बिरामी परेका छन् । पशुहरु क्रमिकरुपमा बिरामी पर्ने क्रम नरोकिएको स्थानीय पशु पालक कृषकहरुको भनाई छ ।
गाउँका पशु चौपाय खोरेत रोगका कारण धमाधम बिरामी पर्ने र मर्ने गरेको भएपनि जिल्ला पशु सेवा कार्यालयले औषधी उपचारका लागी चासो नदिएको स्थानीयको गुनासो छ ।
जिल्ला पशु सेवा कार्यालय सर्लाहीका पशु प्राविधिक बरेलाल यादवले जिल्लामा खोरेत रोग विरुद्धको भ्याक्सिन र औषधीहरु सकिएका कारण उपचारमा कठिनाइ भएको स्विकारगर्दै किसानलाइ प्राविधिक सल्लाह मात्र दिने गरेको बताए ।

No comments:

Post a Comment