Tuesday, January 14, 2014

मोटरसाईकल तथा मोवाईल मर्मत तालिम

मोटरसाईकल तथा मोवाईल मर्मत तालिम
सर्लाही समाचारदाता
लालबन्दी, पुस २४ । लालबन्दीमा ३ सय ९० घण्टे मोटरसाईकल तथा मोवाईल फोन मर्मत तालिम बुधवारसम्पन्न भएको छ ।
ग्रामीण क्षेत्र तथा कृषि वन विकास केन्द्र बाराको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा महिला र पुरुष गरी ३९ जना सहभागी भएका थिए । तालिममा सहभागीहरुलाई एक कार्यक्रमका विच प्रमाण पत्र तथा आवश्यक सामाग्री वितरण गरिएको छ । केन्द्रका लेखापाल रामेश्वर गुप्ताको अध्यक्षता तथा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बाबुकाजी प्रधानको प्रमुख आतिथ्य मा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रधानले तालिममा सिकेका कुरा व्यवहारमा उर्तान आग्रह गरेका थिए ।

No comments:

Post a Comment