आज ६ नम्बरको समिक्षा हुने
सर्लाही समाचारदाता
मलंगवा, पुस १ । नेकपा एमालेले विहिबार क्षेत्र नम्बर ६ को पार्टी गतिविधीको समिक्षा गर्ने भएको छ ।
संविधानसभा निर्वाचन सम्बन्धि गतिविधीका साथ पार्टी सुदृढिकरण लगायतका विषयमा छलफल गरिने पार्टी जिल्ला अध्यक्ष मनोज देवकोटाले बताए ।
सिमरा भगवतीपुरमा हुने छलफलमा क्षेत्र नं. ६ बाट संविधानसभा निर्वाचनमा पार्टी पराजयका कारण लगायतका बारेमा छलफल गरिने बताइएको छ ।
निर्वाचन पश्चात यसअघि जिल्लामा विभिन्न क्षेत्रमा पार्टीले समिक्षा कार्यक्रम गरेको थियो ।
No comments:
Post a Comment