नारायण स्तम्भको शिलन्यास
सर्लाही समाचारदाता
सुखेपोखरी, पुस २६ । हरिवन–७ स्थित सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर मन्दिरको प्राङ्गणमा शुक्रवार नारायण स्तम्भको शिलन्यास गरिएको छ । करिव ६ लाखमा निमार्ण गरी सक्ने लक्ष्यका साथ स्तम्भको शिलन्यास गरिएको हो ।
गतवर्ष मंसिर २ गते देखी ९ गते सम्म भएको विराट महायज्ञबाट संकलन भएको रकमबाट स्तम्भ निमार्ण कार्य शुरु गरिएको निमार्ण समितिका अध्यक्ष केदारनाथ मैनालीले नारायणको जानकारी दिए । पूर्व पश्चिम राजमार्गसँगै रहेको सो मन्दिरमा बढीमा ३ महिना भित्रमा स्तम्भ निमार्ण गरी सक्ने लक्ष्य राखिएको छ । स्तम्भको युवा पंडित रामहरी सिग्देल र स्थानीय ९५ वर्षिय वृद्ध तथा समाजसेवी बवरजंग थापाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।
No comments:
Post a Comment