Tuesday, January 14, 2014

अत्रौली र जब्दीको परिषद् सम्पन्न

अत्रौली र जब्दीको परिषद् सम्पन्न
सर्लाही समाचारदाता
लालबन्दी, पुस २६ । अत्रौली र जब्दी गाविसको गाउँ परिषद् शुक्रवार सम्पन्न भएको छ ।
अत्रौली गाविस सचिव कमल पाख्रिनको अध्यक्षमा भएको १८ औँ गाउँ परिषद्मा आर्थिक वर्ष ०७०÷०७१ को ३९ लाख ८५ हजार ५ सय रुपैँया बराबरको अनुमानित आय–व्यय बजेट विवरण प्रस्तुत गरिएको सामाजिक परिचालक पशुपती शर्माले जानकारी दिए  ।
उनका अनुसार आर्थिक वर्ष ०६९÷०७० मा कुल आय ३८ लाख ३४ हजार ९ सय ९६ रुपैँया ६० पैसा र कुल व्यय ३७ लाख ४९ हजार ४ सय २२ रुपैँया ५९ पैँसा खर्च भएको आय–व्यय प्रस्तुत गरिएको थियो ।
त्यसैगरी शुक्रवार नैे जब्दी गाविसको पनि २२औँ गाउँ परिषद सम्पन्न भएको छ । गाउँ परिषदमा आर्थिक वर्ष ०७०÷०७१ का लागी ६५ लाख ५७ हजार ३ सय ९५ रुपैँया ७९ पैसा अनुमानित बजेट विनियोजन गरिएको गाविस सचिव सोमप्रसाद न्यौपानेले जानकारी दिए । गाविसको आर्थिक वर्ष ०६९÷०७० मा कुल आय ५६ लाख ८१ हजार ७ सय ३ रुपैँया ३१ पैँसा र कुल खर्च ५६ लाख १ हजार ३ सय ७ रुपैँया ५२ पैँसा भएको जब्दी गाविसले जनाएको छ । अगामी आर्थिक वर्षमा गाविसमा १५० देखी २ सय घरधुरीमा सुलभ शौचालय निर्माणगर्ने लक्ष्य रहेको गाविस सचिव न्यौपानेले जानकारी दिए ।

No comments:

Post a Comment