विद्यालयले रकम फिर्ता ग¥यो
सर्लाही समाचारदाता
मलंगवा, पुस ३० । जिल्ला स्थित अनुमति प्राप्त एक विद्यालयले जिल्ला विकास समितिबाट पाएको अनुदान रकम फिर्ता गरेको छ ।
नोकेल्वा गाविस–१, सखुअवा ठेगाना रहेको आदर्श प्राविले मंगलबार अपरान्ह जिविसलाई ५० हजार रुपैया फिर्ता गरिदिएको हो । जिल्ला विकास समितिको कार्यालयबाट पूँजीगत अनुदानतर्फ २०६८ सालमा लिएको ५० हजार रुपैया सो विद्यालय व्यवस्थापना समितिका अध्यक्ष विरेन्द्र कुमार रायले फिर्ता गरिदिएका हुन् ।
विद्यालय सञ्चालनमा नआएकाले अनुदान प्राप्त रकम त्यसै बसिरहेको हुँदा अनुदान दिने निकाय जिविसलाई नै फिर्ता गरिदिएको अध्यक्ष रायले बताए । स्थानीय विकास अधिकारी उमेश बस्नेतले विद्यालयलाई दिईएको अनुदान रकम जिविसको खातामा फिर्ता भएको जानकारी दिए । उक्त विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट २०६५ सालमा अनुमति लिएको हो । सो विद्यालयमा रंजीता कुमारी प्रधानाध्यापक रहेको शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ । अनुमति लिएयता नै उक्त विद्यालय सञ्चालनमा नरहेको बताईएको छ ।
जानकारहरुका अनुसार जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर राज्यका विभिन्न निकायबाट बजेट सहितको सेवा सुविधा लिएपनि सञ्चालनमा नरहेका विद्यालयहरुका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि अनुगमन गरेपछि विद्यालयको अनुमति खारेज गराउने र लिएका बजेट सहितका सेवा सुविधा फिर्ता गराउनका लागि सम्बद्ध व्यक्तिहरुको हाल दौडादौड सुरु भएको छ ।
No comments:
Post a Comment