कुटपिटबाट महिला घाईते
सर्लाही समाचारदाता
त्रिभुवनगर, पुस ३० । खेतमा काम गर्न जाँदा छिमेकीको कुटपिट बाट त्रिभुवननगर– ८ की २० वर्षिय सधु खातुन गम्भिर घाईते भएकी छिन् ।
खातुनलाई स्थानीय ५८ वर्षिय सेख समसुल हक र उनका श्रीमती ५० वर्षिय नुरजाह खातुनले कुटपिट गरेका हुन् । कुटपिट बाट अचेत अवस्थामा रहेकी खातुनको उपचारार्थ जिल्ला अस्पताल मलंगवामा रखिएको छ ।
कुटपिट गर्ने श्रीमान र श्रीमतीलाई अहिले ईलाका प्रहरी कार्यालय त्रिभुवन नगरेको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले जानकारी दिए । कुटपिटको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment